युवा रेडक्रस सर्कल वालिङ क्याम्पसद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

हरि रेग्मी/फागुन २२: जुनियर युवा रेडक्रस सर्कल वालिङ बहुमुखी क्याम्पसले आज वालिङमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

५९ औ जुनियर युवा रेडक्रस स्थापना दिवसको अवसरमा कार्यक्रम उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमको अध्यक्षता युवा रेडक्रस सर्कल वालिङ क्याम्पसका अध्यक्ष हरि रेग्मीले गरेका थिए । कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख युवराज पाठक ,वालिङ क्याम्पसको सहायक क्याम्पस प्रमुख एवं युवा जुनियर रेडक्रस सोसाइटी स्याङ्जा संयोजक विष्णु सुवेदी गैह्रे, स्ववियु सचिव विपिन कुँवर लगायत विद्यार्थी र प्राध्यापकहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख युवराज पाठकले स्थापना दिवसको शुभकामना दिएका थिए। उनले रेडक्रसले सामाजिक भावना विकास गरेको र रेडक्रसले जस्तोसुकै कठिन अवस्थामा पनि काम गरेको उदाहरण दिँदै आउँदस दिनमा पनि आफूले यस्तै अपेक्षा गरेको बताए।

“म सेवा गर्छु” भन्ने मूल नाराका साथ जुनियर तथा युवा रेडक्रसको स्थापना वि.स.२०२१ साल फागुन २२ गतेका दिन भएको हो । महामारीमा मात्र नभई जुनियर तथा युवा रेडक्रस सर्कल तथा स्वयंसेवकहरूले बाढी, पहिरो, आगलागीजस्ता विपद्का समयमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने गरेका छन् ।

वालिङ बहुमुखी क्याम्पसको हाताभित्र वृक्षारोपण र सरसफाई कार्यक्रम आयोजना गरिएको हो।

Share Post on Social media