स्याङ्जाको चापाकोटमा बेवारिसे नवजात शिशु फेला

स्याङ्जाको चापाकोट नगरपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ ।

चापाकोट नगरपालिका ९ मजुवा स्थित खोल्सामा बेवारिसे अवस्थामा सालनाल नछुटिएको जिवित नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ। शिशुको चापाकोट अस्पतालमा प्राथमिक उपचार भइरहेको र थप उपचारको लागि पोखरा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिनुभयो।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share Post on Social media