पच्चीस वर्षदेखि फरार विरुवाका गुरुङ पक्राउ

राम बहादुर रोकाहा/स्याङ्जा: पच्चीस वर्षदेखि फरार रहेका विरुवा गाउँपालिकाका दुतप्रसाद गुरुङ पक्राउ परेका छन्।

विरुवा गाउँपालिका वडा नं ७ सपौंदीका ४८ वर्षीय दुत प्रसाद गुरुङलाई २०५५ सालमा स्याङ्जा अदालतले ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष ८ महिना ४ दिन कैद तोकेर फैसला दिएपछि फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा मंगलबार पक्राउ परेका गुरुङलाई आज अदालतमा पेश गरेर स्याङ्जा कारागारमा कैद भुक्तानको लागि पठाइएको डिएसपी रानाले बताए ।

Share Post on Social media