अर्जुनचौपारीमा करेन्ट लागेर एक पुरुषको मृत्यु


राम बहादुर रोकाहा/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।


मृत्यु हुनेमा अर्जुनचौपारी गाउँपालिका-६ भेडाबारीका ५२ वर्षीय हर्क बहादुर थापा गोदार रहेका छन् । नेपाल विद्युत प्राधिकरणको मेन लाइनको तार चुढेर बाटोमा लत्रिएको हुँदा पैदलयात्री थापा गोदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।


उनले घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए ।

Share Post on Social media