नैतिक शिक्षा विषय अनिवार्य गर्न विश्व हिन्दु युवा संघ स्याङ्जाको अपिल
खबरकलम डेस्क/स्याङ्जा : विश्व हिन्दु युवा संघ स्याङ्जाले विद्यालय तहमा नैतिक शिक्षा अनिवार्य रुपमा लागू गर्न अनुरोध गरेको छ।
विश्व हिन्दु युवा संघ स्याङ्जाले जिल्लाभित्र रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको यस संस्थाले स्थापनाकाल देखि नै धर्म ,संस्कृतिको जगेर्ना साथै सनातन धर्मको संरक्षणको लागि विभिन्न पहल गर्दै आएको छ।
संघले सबै पालिकालाई नैतिक शिक्षा आगामी शैक्षिक सत्रबाट लागू हुने गरी पाठ्यक्रमका समावेश गर्न अनुरोध गरेको हो। ज्ञापनपत्रमा पछिल्लो समय समाजमा विभिन्न खालका नराम्रा कार्यहरु समाजमा बढ्दै गएको र यसको न्यूनीकरणको लागि नैतिक शिक्षा आवश्यक रहेको कुरा विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिएका छन्। स्याङ्जा र गण्डकी प्रदेशभित्रका पालिकाहरुमा नैतिक शिक्षा विषय आवश्यक रहेको भन्दै ज्ञापनपत्र पठाइएको कुरा उनले जानकारी दिए।
उनका अनुसार विश्व हिन्दु युवा संघ स्याङ्जाले स्याङ्जामा संस्कृत भाषा कक्षा सन्चालन, संस्कृत पुस्तकालय स्थापना, पृथ्वी जयन्तीको अवसरमा स्याङ्जामा सार्वजनिक बिदा गराउन पहल,नैतिक शिक्षा लागू गराउन पहल र स्याङ्जाका केही पालिकाले आगामी शैक्षिक सत्रबाट नैतिक शिक्षा बिषय लागू गराउने प्रतिबद्धता जनाएका छन्।
३ वर्ष अघिदेखि संघले नैतिक शिक्षा विषय लागू गराउन पहल गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्