स्याङ्जाका सिडियो लुके!

स्याङ्जा । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लुकेका छन् । स्याङ्जाका क्रियाशिल पत्रकारहरुले कार्यालय समयमा कार्यकक्षमा भेट्न जाँदा प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्री लुकेका हुन् ।

गत साउन २६ गते राति वालिङ्मा घटेको घट्नाको विषयमा पत्रकारहरुले भेट्न खोज्दा उनी लुकेका हुन् । साउन २६ राति चापाकोटका मेयर शिवकुमार गिरीको समुहले वालिङका एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

सो घट्नामा संलग्न भएको आरोपमा मेयरका स्वकिय सचिव राजकुमार मल्ल, मेयरका गाडी चालक सुनिल एस्के र प्रदीप गिरी विरुद्ध घाइते पक्षबाट जाहेरी दिएका थिए ।

आरोपित मल्ल, एस्के, गिरी र घाइते युवाको विरुद्ध बुधबार साँझ जाहेरी दर्ता भएको थियो ।
प्रहरी हिरासतमा रहेका एस्के र गिरीलाई हिजो राति सिडिओको ठाडो आदेशमा छाडिएको थियो । सोही विषयका बारेमा पत्रकारहरू बिहीबार सिडिओ कार्यालयमा पुगेका थिए । गए रातिदेखि नै पत्रकारहरुले सिडिओलाई मोवाइल मार्फत सम्पर्क गरेका थिए । तर, कुनै प्रतिक्रिया नजनाएपछि पत्रकारहरु सिडिओ कार्यालयमै भेट्न गएका थिए ।

पत्रकारहरु कार्यालयमा पुग्नु भन्दा २०/२५ मिनेट अगाडि कार्यकक्षामा रहेको जानकारी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज बरालले जानकारी दिएका थिए ।

बरालले पत्रकारहरुलाई एकघण्टामा सिडिओ कार्यालयमा फर्कने आश्वासन दिएपछि पत्रकारहरुले कार्यालयमै कुरेर बसेका थिए । सिडिओलाई एक घण्टा होइन ६ घण्टासम्म कुरेर बसे तर उनी आएनन् ।

दृष्टि लाइभबाट साभार गरिएको

Share Post on Social media