स्वर्गीय ढकालको प्रथम स्मृतिमा एकाउन्न हजारको अक्षयकोष स्थापना

खबरकलम संवाददाता/भदौ १७: समाजसेवी स्वर्गीय यम नारायण ढकालको प्रथम स्मृति दिवसमा विद्यालयमा ५१ हजार रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।

आफ्नै जन्मथलो आँधीखोला गाउँपालिका वाड न- ६ टिकाजामा रहेको शारदा मन्दिर माविमा परिवारले अक्षयकोष स्थापना गरेका हुन् । परिवारले स्व. ढकाल दुई कार्यकाल अध्यक्ष भई योगदान गरेको माविमा अक्षयकोष स्थापना गरेको हो ।

अक्षयकोषको ब्याजबाट आउने रकमबाट जेहेन्दार तथा गरिब विद्यार्थीलाई प्रदान गरिने छ भने ढकाल परिवारले कोषमा थप रकम समेत थप्ने बताएको छ ।
उनको स्मृतिमा स्वर्गीय यमनारायण ढकाल स्मृति पार्क स्थापना गरी शालिकसहित इतिहास र योगदान सहितको शिलालेख र यात्रु प्रतिक्षालय निर्माण गर्ने धर्म पत्नी प्रेमकुमारी ढकालले जानकारी दिइन्।

नेपाल सरकारबाट २०७९ सालमा प्रबल जनसेबा श्री पदकबाट विभुषित भएका स्वर्गीय ढकाल विकासप्रेमी तथा शिक्षाप्रेमी व्यक्तिको रुपमा चिनिन्थे। ६१ वर्षको उमेरमा गत वर्षको भदौमा उनको निधन भएको थियो।

Share Post on Social media