भीरकोट जेसिसद्वारा बालवर्ष आवि भीरकोटका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

भदौ २५/स्याङ्जा : सामाजिक उत्तरदायित्व अन्तर्गत भीरकोट जेसिसले बालवर्ष आधारभूत विद्यालय भीरकोट ७ तिलाहारमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ।

जेसिसले आज विद्यालयमै पुगेर कपी, कलम, ३५ थान झोला, क्रिकेट ब्याट, बल तथा फुटबल र खानेपानीको जार हस्तान्तरण गरेको हो। स्टेशनरी कार्यक्रममा बोल्दै भीरकोट जेसिसका अध्यक्ष भरत खड्काले जेसिस कुनै राष्ट्रिय/ अन्तराष्ट्रिय सहयोगबाट चल्ने संस्था नभई सेवाभाव भएका युवाहरुको समाजसेवी संगठन भएकाले दु:खसुखमा सँधै साथ रहेको जानकारी दिनुभयो।

विद्यालयका प्रअ मेघनाथ पौडेलले स्टेशनरी सामग्री बुझ्दै दलित र विपन्न आय भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयमै आई सहयोग गरेकामा जेसिसलाई विद्यालयको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो।

भीरकोट जेसिसका पदाधिकारीहरु विजय गुरुङ, शिव खनाल, कार्यक्रम संयोजक जगदिश अर्याल, सुशील अर्याल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरूले समेत सामुहिक धन्यवाद ज्ञापन गरेका थिए।

Share Post on Social media