कालिका पुस्तकालयले गर्यो आयव्यय सार्वजनिक,तीज कार्यक्रमबाट रु ५७००० बचत
भदौ २८/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं ७ स्थित कालिका पुस्तकालयले आयोजना गरेको तीज गीत प्रतियोगिता कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ।
यही भदौ १५ गते आयोजना गरिएको तीज गीत प्रतियोगितामा भएको हिसाबकिताबको विवरण पुस्तकालयले सार्वजनिक गर्दै रु ५७६९४ बचत गरिएको जानकारी दिएको छ। पुस्तकालय अध्यक्ष श्यामप्रसाद अर्यालका अनुसार जम्मा आम्दानी ३ लाख ४५ हजार छैसठ्ठी रुपैयाँ रु ( ३,४५,०६६) भएको र कार्यक्रममा जम्मा खर्च दुई लाख सतासी हजार सात सय उनान्सत्तरी ( रु २,८७,७६९) भएको छ।
जसमध्ये खानामा रु ५५,०००, घीउमा रु २०,०००, मञ्च सजावट तथा टेन्टमा रु ४१०००, साउन्ड सिस्टममा रु १३,०००, ब्याज तथा प्रमाणपत्रमा रु ४९०००, पुरस्कारमा रु ३३००० र बाँकी अन्य विभिन्न शीर्षकमा खर्च भएको पुस्तकालय सचिव शालिकराम अर्यालले जानकारी दिए।
कार्यक्रम गरी गरिएको आम्दानीबाट जोगिएको रकम शौचालय निर्माणका लागि खर्च गरिने र पुस्तकालयलाई थप व्यवस्थित बनाउन पुस्तक लगायतका सामाग्रीहरु खरिद गर्ने समेत लक्ष्य राखिएको जानकारी कालिका पुस्तकालयका सचिव शालिकराम अर्यालले दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्