दवङ्ग शैलीका सई कँडेल , जनप्रतिनिधिकै ट्याक्टर लिए नियन्त्रणमा
खबरकलम संवाददाता/भदौ ३०: स्याङ्जामा नदीजन्य सामाग्रीको अवैध ओसारपसार गर्ने जनप्रतिनिधिका ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीरकोट नगरपालिका वडा नं १ का वडा सदस्य खुम बहादुर खाँणका २ वटा ट्याक्टर निर्माण सामाग्री सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। दहथुम प्रहरी चौकी, बयरघारीबाट गस्तीमा खटिएको प्रहरीले २ वटा ट्याक्टरलाई ढुङ्गा सहित नियन्त्रणमा लिएर प्रहरी चौकी परिसरमा राखेको छ। उहाँका ग १ त ७३३७ र प्र .२-०३-००१ त ४०१० नम्बरका ट्याक्टरहरूलाई नियन्त्रणमा लिइएको हो।
भीरकोटमा छाङ्छाङ्दी, बयरघारी र हेलु आसपासका क्षेत्रमा नदीजन्य सामाग्री रातीको समयमा अवैध चोरी निकासी भैरहेको गोप्य सूचनाका आधारमा अवैध चोरी निकासी नियन्त्रणमा खटिएको प्रहरीले जनप्रतिनिधिकै ट्याक्टर नियन्त्रणमा लिएको हो। सवारी धनी एवं जनप्रतिनिधि खांँणको मिस्कट र बालुवाको स्टक प्रमाणित भएपनि ढुङ्गाको स्टक प्रमाणित नभएको र खरिद गरिएको बिल समेत नभएकाले नियन्त्रणमा लिइएको दहथुम प्रहरी चौकी प्रमुख प्रमोद कँडेलले जानकारी दिनुभयो।
अघिपछि नियन्त्रणमा लिइएपनि सामान्य जरीवाना वा मिलोमतोमा ट्याक्टर छोड्ने गरिएको थियो। तर दहथुम प्रहरी चौकीमा कार्यालय प्रमुखको रूपमा प्रमोद कँडेलले जिम्मेवारी पाएपछि जनप्रतिनिधिकै ट्याक्टर समेत प्रहरी नियन्त्रणमा परेका हुन्। कँडेलले जिम्मेवारी सम्हालेपछि भीरकोटको शान्ती सुरक्षामा समेत सुधार भएको छ। नदीजन्य सामाग्रीको अवैध ओसारपसारमा पनि कमी आएको छ।अवैध गतिविधि विरूद्ध उहाँको दभङ्ग शैलीमा एक्सनमा उत्रिने कारणले बजार क्षेत्रमा लागू औषध दुर्व्यसनी, चोरी डकैती , नदीजन्य सामाग्रीको अवैध चोरी निकासी नियन्त्रणमा आएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्