नेकपा एमाले अर्जुनचौपारीको १५ बुँदे ध्यानाकर्षणपत्र गाउँपालिकामा बुझाइयो

नेकपा‌ एमाले अर्जुनचौपारी गाउँ कमिटीले अर्जुनचौपारी गाउँपालिकाले गर्दै आएको कामकारबाहीका सम्बन्धमा विभिन्न सुझाव सहित १५ बुँदे ध्यानाकर्षणपत्र गाउँपालिकामा बुझाएको छ।

नेकपा एमाले अर्जुनचौपारी गाउँ कमिटी अध्यक्ष चक्रबहादुर गुरुङले अर्जुनचौपारी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रनबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै गाउँपालिकाका विभिन्न गतिविधिहरूमा ध्यानाकर्षण सहित सुझाव दिएका छन्।

आफ्ना मागहरुको उचित सुनुवाई र सुझाव कार्यान्वयन नभए नेकपा एमाले अर्जुनचौपारी गाउँ कमिटीले आन्दोलन समेत गर्ने भएको छ।

ध्यानाकर्षण पत्रमा उल्लेखित बुँदाहरु

१. खोलाको ढुङ्गा, गिटि, वालुवामा मनमानी गरेर आफ्ना आसेपासेको भरणपोषण गरेको ।

२. एक ठाउँमा योजना परेको मान्छेहरुको उपभोक्ता समिति नबनाई अर्कै टोल का ठाँउका मानिस लाई उपभोक्ता समिति को अध्यक्ष बनाई योजना सम्पन्न गरको ।

३. करारमा कर्मचारी नियुक्ति गर्दा मनपरि ढंगले विभेदपुर्ण हिसावले नियुक्ति गरिएको।

४. शिक्षकहरु करार नियुक्ति गर्दा एकलौटी ढंगबाट विज्ञ राखी नियुक्ति गरिएको तथा मनोमानी सरु‌वा गरिएको।

५. कोटेसनमा काम गर्दा निश्चित व्यक्ति वाट मात्र काम गराईएको र पारदर्शी नभएको ।

६. अनावश्यक खाल्का योजना या रकम खर्च गरी वास्तविक जनताको समास्या समाधान भन्दा आसेपासे पाल्ने योजनामा केन्दृत रहेको ।

७. जनताको आर्थिक स्तर निम्न भएको अवस्थामा थेग्न नसक्ने गरी घर कर र अन्य करहरु अनावश्यक वढाईएको ।

८. जनताको आर्थिक बिकास र उन्नतिका लागि आवस्यक सहयोग गर्नु पर्ने, योजनाहरु सोही सञ्चालन गर्नु पर्ने, बिपदमा राहत दिनु पर्ने बर्तमान अवस्थामा पालिकाले गाडी खरिद गर्न लागेको सुनिएको तथा निर्णय गरेको कुरा व्यवहारिक नभएको।

९. योजना सञ्चालन गर्दा वाटोको मापदण्ड विपरित काम गरि पुरानो बाटो मिची निकास नै बन्द गरिएको ।

१०. दलित उत्थान केन्द्रका नाममा गरिएका योजना तथा कार्यक्रमको आर्थिक पारदर्शी नभएको ।

११) अघिल्लो गाउँपालिका र अहिलेको गाउँपालिकाले लगाएका कर‌को तुलना गर्दा २० औ गुणा बढेको।

१२. पालिका को हालको आर्थिक क्रियाकलाप र बेरुजु के छ? कर्मचारी बेरुजुको हल्ला के हो?

१३. सेयर कारोबारको बारेमा के हो स्पष्ट पार्नु पर्यो ! बिकास निर्माणको बजेट सेयर मार्केटमा लान पाइने प्रावधान के छ ? कति जनताले कुन कति कित्ता पाए? स्पष्ट नभएको।

१४. सामाजिक सुरक्षा भत्ताको नियमितता नभएको गुनासो आएको।

१५. शिक्षा, स्वास्थ, कृषि एवं बिकास निर्माण र सुधारका अनेकन योजनाहरु कार्यनयनमुखी भन्दा ज्यादा हल्ला र चर्चामुखी भएका छन् आजको जनतालाई परिणाम चाहिएको।

Share Post on Social media