बिरुवा गाउँपालिका क्षेत्रका विभिन्न खोलामा ५० हजार माछाका भुरा छाडियो
मंसिर २५/स्याङ्जा : स्याङ्जा जिल्लाको विरुवा गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न खोलाहरुमा करिब ५० हजार माछाका भुरा छाडिएको छ।
प्राकृतिक जलस्रोतको दिगो उपयोग गर्न, जलचरको प्राकृतिक सन्तुलन कायम राख्दै नदी प्रणालीलाई पुनर्स्थापित गर्न, जैविक विविधता संरक्षण र सुदृढीकरणमा योगदान पुर्याउने उदेश्यले बिरुवा गाउँपालिका क्षेत्रका मेङ्ग खोला, बास्तारा खोला तथा ज्याग्दी खोलामा आज ५० हजार माछाका भुरा छाडिएको बिरुवा गाउँपालिकाले जनाएको छ।
उक्त खोलाहरुमा अबदेखि माछा मार्न, करेन्ट हान्न तथा महाजालको प्रयोग गर्न समेत निषेध गरिएको बिरुवा गाउँपालिकाद्वारा प्रकाशित सूचनामा जनाइएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्