स्याङ्जा जिल्ला अस्पताल सिल

भदौ ३/खबरकलम: स्याङ्जा जिल्ला अस्पताल सिल गरिएको छ।

जिल्ला कारागारमा रहेका ६० वर्षीय एक पुरुषलाई स्वासप्रश्वासमा समस्या भएपछि उपचारार्थ जिल्ला अस्पतालमा लगिएको र उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएकाले २०७७ भदौ २ देखि ८ गतेसम्मका लागि सिल गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशिल मरासिनीले जनाएका छन्।

जिल्ला अस्पतालको विज्ञप्ति अनुसार अस्पतालको निर्मलीकरण र उक्त पुरुषको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन गर्नुपर्ने भएकाले अस्पतालबाट प्रदान हुने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ।

Share Post on Social media