मुक्तिनाथ विकास बैंकको स्थापना दिवसका अवसरमा चित्रकला प्रतियोगिता आयोजना गरियो
रिबन घिमिरे/पुष ६: मुक्तिनाथ विकास बैंक को १९ औँ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजारमा रहेको स्याङ्जा उच्च माविमा संचालित उक्त प्रतयोगितामा स्याङ्जा जिल्लाका २६ वटा विद्यालयबाट ४६ जना विद्यार्थीको सहभागिता रहेको थियो।
उक्त चित्रकला प्रतियोगिता प्रथम हुने उत्कृष्ट १ जनालाई नगद रु १०,००० सहित सम्मानित गरिनेछ। भने सातै प्रदेशबाट चित्रकला प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्ने एक जना विद्यार्थीलाई नगद रु ५०,००० सहित सम्मानित गरिनेछ ।
आज राखिएको चित्रकला प्रतियोगिताको नतिजा भने यही पुस १९ गते मुक्तिनाथ विकास बैंकको आधिकारिक वेबसाइटबाट घोषणा गरिने जानकारी मुक्तिनाथ विकास बैंकका स्याङ्जा जिल्ला रिजनल इन्चार्ज सन्तोष ढकालले जानकारी दिए।
आज राखिएको चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीले जलवायु परिवर्तन, वायुमण्डलीय उष्णता, तापमान वृद्धिबाट पर्ने असर झल्कने खालका चित्रहरु कोरेका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्