क्षयरोगमुक्त मुलुक घोषणा गर्ने अभियान अन्तर्गत वालिङ नगरको अभिमुखीकरण कार्यक्रम सम्पन्न


सुशील सुवेदी/पुस ०६: नेपाल सरकारको क्षयरोगमुक्त मुलुक घोषणा गर्ने अभियान अन्तर्गत वालिङ नगरले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

यो कार्यक्रम नेपाल सरकार अन्गर्तत देशभरका १५० स्थानीय तहमा लागू गरिएको छ । स्याङ्जाको वालिङ , गल्याङ , भीरकोट र पुतलीबजार नगरपालिकाभित्र पहिलो चरणको अभिमुखीकरण संचालन गर्न कार्यक्रम परेको स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए । वालिङ नगरभित्र ११८ जना श्रयरोगका संक्रमित पत्ता लगाउने लक्ष्य बोकिएको भएपनि चालु आर्थिक वर्षमा जम्मा ३० जना मात्र पहिचान भएको पाण्डेको भनाई छ । वालिङमा पहिलो पटक एआई मार्फत छातीको एक्सरे गर्दा ५ जनामा श्रयरोग पत्ता लगाईएको छ । हेर्दा स्वस्थ देखिएपनि श्रयरोगका किटाणु भेटिने सम्भावना उच्च रहेको पाण्डेको भनाई छ ।

सन् २०१८—१० को सर्वेक्षण अनुसार ५० प्रतिशत मानिसहरुमा श्रयरोगको जिवाणु देखिएको थियो । जसमध्ये सक्रिय जिवाणु देखिएकोलाई स्वास्थ्यकर्मीको निगरानीमा औषधी खुवाएर निको बनाउन सकिने पाण्डेले बताए ।
वालिङमा आयोजित अभिमुखीकरणमा स्वास्थ्यकर्मी र पोषण सहजकर्ताले सहभागिता जनाएका छन् ।

Share Post on Social media