जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा गाउँ प्रहरी अभिमुखीकरण तालिम सञ्चालन

पुष ८/स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गाउँ प्रहरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। यही मंसिर २६ गतेदेखि पुष ८ गतेसम्म आयोजना गरिएको गाउँ प्रहरी अभिमुखीकरण तालीम कार्यक्रम आज सम्पन्न भएको हो।

अपराध रोकथाम, नियन्त्रण, अनुसन्धान एवं स्थानीय शान्ति सुरक्षा अमनचयन कायम गर्नुका साथै स्थानीय सुशासन र विकासमा सहजीकरण जस्ता नेपाल प्रहरीको सुरक्षाको जिम्मेवारी अन्तर्गत अर्जुनचौपारी गाउँपालिकाद्वारा नवनियुक्त गाउँ प्रहरीलाई सुरक्षासम्बन्धी ज्ञान, सीप प्रदान गर्ने उद्धेश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उक्त कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको विशिष्ट आतिथ्यतामा आयोजित समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माको समेत उपस्थिति थियो।

आज आयोजित कार्यक्रममा दिक्षित भएका ३ जना गाउँ प्रहरीलाई अतिथिद्धारा दर्ज्यानी चिन्ह्रद्धारा सुशोभित गरिएको थियो। साथै उक्त कार्यक्रममा नगर प्रहरीले तालिम अवधिभर सिकेका ज्ञान सीपहरू समेटी तयार गरिएको वृत्तचित्र समेत प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Share Post on Social media