नेपालकै पहिलो नवग्रह मन्दिर व्यवस्थापन अध्यक्षमा भरत पोखरेल चयन

माघ १३/स्याङ्जा : नेपालकै पहिलो नवग्रह मन्दिर धार्मिक धाम व्यवस्थापन समितिको अध्यक्षमा भरत पोखरेल चयन भएका छन्।

यही माघ १२ गते बसेको आम भेलाबाट भरत पोखरेल सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । अर्जुनचौपारी गाउँपालिका वडा नं १ का अध्यक्ष रणबहादुर थापाको अध्यक्षमा मा बसेको भेलामा अर्जुनचौपारी गाउँपालिकाका सबै वडा र छिमेकी पालिकाका समेत गरी करिब २०० जनाको उपस्थिति रहेको थियो।

पोखरेल संस्कृत भाषा अध्ययन गरेका भएकोले र नवग्रह मन्दिरलाई यो तहसम्मको उचाईमा पुर्याउन गरेको योगदानको आधारमा पनि सबैको रोजाइमा परेको रणबहादुर थापाले जानकारी दिनुभयो। वडाध्यक्ष थापाले नवग्रह मन्दिरको बृहत बिकासकालागी सबै जनाले हातेमालो गर्दै अगाडी बढन पर्ने जानकारी दिनु भएको थियो। त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा नन्दकला तिवारी , सचिवमा लाल बहादुर क्षेत्री , सहसचिवमा लोककुमारी काफ्ले र कोषाध्यक्षमा बन्दना भुषाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन । त्यसैगरी विभिन्न वडा टोल आमा समुह युवा क्लव सबैलाई समेटिने गरी ४५ जनाको कार्यसमिति चयन गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभएको थियो।

Share Post on Social media