नवग्रह मन्दिर अर्जुनचौपारीमा एकैदिन २५ हजार भक्तजनले गरे दर्शन
खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ जलवराह वनमा निर्मित नेपालकै पहिलो दावी गरिएको नवग्रह मन्दिरमा एकैदिन २५ हजार भक्तजनले दर्शन गरेका छन्।
फागुन ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने नवग्रह मन्दिर प्राण प्रतिष्ठा, धार्मिक महोत्सव तथा गीताज्ञान महायज्ञको पाँचौं दिन हिजो शनिबार भक्तजनहरूको निकै लामो घुइँचो लागेको थियो।
नवग्रह धार्मिक महोत्सव आयोजक सचिवालयका अनुसार स्याङ्जा जिल्लाका विभिन्न पालिकाहरुबाट मात्र नभई छिमेकी पाल्पा, पर्वत, कास्की, तनहुँ जिल्ला र राजधानीबाट समेत भक्तजनहरूको उपस्थिति रहेको थियो।
हेरौं केही तस्वीरहरु:
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्