नेपालकै पहिलो नवग्रह मन्दिरको धार्मिक महोत्सव सम्पन्न, १ लाख बढीले गरे पूजाआजा
खबरकलम संवाददाता/स्याङ्जा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ नवनिर्मित भएको नेपालकै पहिलो नवग्रह मन्दिरमा संचालन भएको धार्मिक महोत्सव समापन भएको छ। मन्दिरमा भएको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा १ लाख २५ हजार भन्दा बढी भक्तजनले पूजाआजा तथा दर्शन गरेका छन् ।
महोत्सवमा १ करोड २५ लाख दीप प्रज्वलन, चार वेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालीन महाआरती तथा भजनकीर्तन गरिएको थियो । अनुष्ठान एवम् धार्मिक महोत्सवमा आचार्य चैतन्य कृष्ण महाराज प्रमुख वाचक तहेका थिए भने डाक्टर केएन स्वामीले समेत धार्मिक प्रवचन दिएका थिए।
उक्त धार्मिक महोत्सव तथा गीताज्ञान महायज्ञमा टेकनारायण चापागाईं र देवी घर्ती तथा कमल अर्यालको स्वर तथा शब्द संकलनमा रहेको नवग्रह भजन समेतको छायांकन गरिएको थियो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्