कोरोना बिरुद्दको खोप नेपालमा पनि परीक्षण हुने।

भदौ ७/खबरकलम : कोरोना भाइरस (कोभिड-१९)  विरूद्ध बनिरहेको खोपको नेपालमा पनि अनुसन्धान गर्न अनुमति दिईएको छ।

कोभिड-१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मंत्रालयले अनुमति दिएको हो।

‘चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ।

रूसले कोरोनाविरुद्धको खोप चाँडै नै बजारमा आउने दाबी गरेको छ।

भारतले पनि कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल गरिरहेको छ।

नेपालमा भने यो खोप कति जनामा परीक्षण गर्ने भन्ने टुंगो लागिसकेको छैन। रूसले भने तेस्रो चरणको परीक्षणबिनै आफ्नो भ्याक्सिनलाई स्वीकृती दिएको छ। 

Share Post on Social media