अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सर्वोत्कृष्ट कर्मचारी घोषित
असार ५/स्याङ्जा : स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा मिति २०८० भदौ १७ देखि २०८१ भदौ २३ सम्म प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत आशिष शर्मा पालिकाको सर्वोत्कृष्ट कर्मचारी घोषित भएका छन्।
देशभर निजामती कर्मचारीमा सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार पाउने कर्मचारीको अभाव भैरहेको अवस्थामा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल गृह मन्त्रालय अन्तर्गत कार्यरत) आशिष शर्मा सर्वोत्कृष्ट कर्मचारी घोषित गरिएको गाउँपालिकाले जनाएको छ।
अर्जुनचौपारी गाउँपालिकाले उनलाई पालिकाको सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान र पुरष्कृत गरेको छ। गाउँसभाको अवसरमा उनको उत्कृष्ट कार्यसम्पादन र सौहार्दपूर्ण तरिकाले कार्यकुशलता प्रस्तुत गरी गाउँपालिकाको सुशासन प्रवद्र्धन र पारदर्शीतामा योगदानमा उल्लेखनीय योगदान गरेबापत उक्त सम्मान प्रदान गरिएको अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारीले जानकारी दिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्