भीरकोटमा कार्यरत शिक्षक (सूच‌ना अधिकारी) लाई ५ दिने ICT तालिमको सुरुवात

असार १९/खबरकलम संवाददाता: भीरकोट नगरपालिकाले आफ्नो पालिकाका माध्यमिक तथा आधारभूत विद्यालयमा कार्यरत सूचना अधिकारी तथा IT स्रोत शिक्षकलाई लक्षित गरी ५ दिने ICT तालिमको सुरुवात गरेको छ।

आज २०८२/०३/१९ गते भीरकोट नगरपालिकाको आयोजनामा आधारभूत तथा माध्यामिक तहका विद्यालयका सूचना अधिकारी एवंम IT स्रोत शिक्षकको लागि ५ दिने ICT सम्बन्धी क्षमता विकास तालिम उद्घाटन भएको हो।

तालिमको उद्घाटन गर्दै भीरकोट नगरपालिकाकी उपप्रमुख भगवती अर्यालले शिक्षाको ज्योति फैलाउने शिक्षकहरु प्रविधिमा समेत निपूर्ण भए समाजमा थप सकरात्मक प्रभाव बन्ने र सिकाइ गुणस्तर कायम रहने कुरा व्यक्त गर्दै तसलिमको सफलताको शुभकामना दिइन्।

भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा तालिम उद्घाटन कार्यक्रमका अध्यक्ष उदयबहादुर पराजुलीले ICT तालिमबाट प्राप्त हुने ज्ञान जीवनकै अभिन्न सिकाइ हुने बताउँदै तालिम अवधिभर सिकेका कुराहरु विद्यालयमा लागू गर्न सुझाव दिए। तालिमबारे प्रकाश पार्दै भीरकोट शिक्षा प्रमुख विष्णुप्रसाद कोइरालाले तसलिममा सहभागी शिक्षक नै IT स्पेसलिष्ट शिक्षक बनेर विद्यालयमा जानुपर्ने बताए। उक्त तालिम उद्घाटन कार्यक्रममा भीरकोट नगरपालिकाका सूचना अधिकारी जब्बरअलि मिया, प्रशासन प्रमुख सिताराम खनाल, योजना शाखा प्रमुख यामप्रसाद रेग्मी, आईटी अफिसर सुरेश पंगेनी, रोजगार संयोजक वसन्त बस्नेत लगायको उपस्थिति थियो।

तालिममा शिक्षक तालिम केन्द्र, तनहुँका रोष्टर शिक्षक श्रीकृष्ण आचार्य र नगरपालिकाका प्रशिक्षकहरुद्वारा AI को प्रयोग तथा अन्य Software को प्रयोग सम्बन्धी प्रशिक्षण हुनेछ । जसले शिक्षकहरुलाई विद्यालयमा शिक्षण सिकाई तथा अन्य प्रशासनिक कार्यमा समेत यस तालिमले सहयोगी भूमिका खेल्नेछ।

तालिम पूर्णत: प्रयोगात्मक रहने र विद्यालय शिक्षाका लागि अपरिहार्य विषयमा केन्द्रित रही प्रदान गरिने कार्यक्रम सञ्चालक प्रास विष्णु भट्टराईले जानकारी दिए। आजबाट सुरु भएको उक्त तसलिममा २५ जना शिक्षकको सहभागिता रहेको छ।

Share Post on Social media
 
 
  
जीवन अर्याल

जीवन अर्याल यस अनलाइन पत्रिकाको प्रधान सम्पादक हुन्।