कालिका पुस्तकालयद्वारा आयोजित खुला तीज प्रतियोगितामा सृजनशील आमा समूह प्रथम
भदौ ६/स्याङ्जा: कालिका पुस्तकालयद्वारा आयोजित जिल्लास्तरीय खुला तीज प्रतियोगितामा सहभागी १३ टीममध्ये सृजनशील आमा समूह तिलाहार प्रथम भएको छ।
कालिका पुस्तकालयको प्राङ्गण भीरकोट नगरपालिका वडा नं ७ बलमाटास्थित प्राङ्गणमा आज आयोजित प्रतियोगितामा प्रथम भएको टिमलाई संघीय सांसद् तथा पूर्वमन्त्री धनराज गुरुङले पुरस्कार तथा सम्मानपत्र प्रदान गरे।
यस्तै फुलबारी महिला आमा समूह दोस्रो भएको छ। दोस्रो भएको टिमले १५,००० नगद सहित सम्मानपत्र प्राप्त गर्यो। तृतीय हुने समूह गृहलक्ष्मी आमा समूहले नगद रु १०००० सहित सम्मानपत्र प्राप्त ग्रयो। सान्त्वना हुने सिमलचौर आमा समूहले नगद रु ५००० सहित सम्मानपत्र प्राप्त गर्यो।
कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद् धनराज गुरुङ, विशिष्ट अतिथिहरु गण्डकी प्रदेश सांसद् महेश भट्टराई, भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्य, उपप्रमुख भगवती अर्याल उपस्थित थिए भने अतिथिको रुपमा भीरकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसी, वडा नं ७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिका संरक्षक तथा निवर्तमान अध्यक्ष टुकराज अर्याल, नेपाली कांग्रेस स्याङ्जा सचिव तथा मुक्तिनाथ विकास बैंकका सञ्चालक भरत लम्साल, खुमा अर्याल फाउन्डेसनका अध्यक्ष ध्रुव शर्मा लगायतका व्यक्तिहरुको उपस्थिति थियो।
आजको कार्यक्रमको सञ्चालन सञ्जु दोरङ्गा अर्याल तथा मनिषा अर्याल कोइरालाले गरेका थिए भने सभापतित्व कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालले गरेका थिए।
कालिका पुस्तकालयद्वारा वर्षेनी तीज गीत प्रतियोगिता सञ्चालन गर्दै आएको छ।
