महाकवि देवकोटाको जन्मजयन्ती अवसरमा साहित्यिक कार्यक्रम आयोजना हुने
खबरकलम संवाददाता/स्याङ्जा: भीरकोट नगरपालिका वडा नं ७ बलमाटास्थित कालिका सामुदायिक पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा वृहत साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।
कालिका सामुदायिक पुस्तकालयको प्राङ्गणमा यही मिति २०८२ साल कार्तिक २२ गते शनिबारको दिन ‘देवकोटा काव्य उत्सव’ गर्न लागिएको जानकारी कालिका सामुदायिक पुस्तकालयका सचिव शालिग्राम अर्यालले दिए। उनका अनुसार उक्त कार्यक्रम कालिका सामुदायिक पुस्तकालय र स्याङ्जा साहित्य प्रतिष्ठानको संयुक्त आयोजना र भीरकोट नगरपालिका वडा नं ७ को प्रायोजनमा हुनेछ।
कला, साहित्य र संगीतमा इच्छा राख्ने साहित्यिक अनुयायीलाई उपस्थित भई रचना वाचन गर्न तथा ‘देवकोटा काव्य उत्सव’ सफल बनाउन पुस्तकालयले आग्रह गरेको छ।
Share Post on Social media
