जाल्पा लघुवित्तले बाँड्यो जुनार र कागती।

भदौ ९/युवराज अर्याल: गतवर्षबाट स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका ११ स्थित हेलुबजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको जाल्पा लघुवित्त बित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्ना दुई सयबढी सदस्यहरुलाई यसपटक कागती र जुनारका बेर्ना बितरण गरेको छ।

@khabarkalam


साविकको सृजना विकास केन्द्र र सृजना बैकिङ्ग कार्यक्रम रुपान्तरण भएर ‘जाल्पा लघुवित्त बित्तीय संस्था’ बनेको नेपाल राष्ट्र बैंक बाट ‘घ’ वर्गको बित्तिय संस्थाको इजाजतपत्र प्राप्त हाल १० जिल्ला कार्यक्षेत्र रहेको र निरन्तर शाखा बिस्तार हुँदै गरेको यस संस्थाको स्याङ्जा जिल्लामा तीन वटा शाखा रहेका छन् ।


सदस्यहरुको माग अनुसार आ-आफ्नो ठाउँमा हुने बिभिन्न जातका फलफुलका बेर्ना स्याङ्जा र अन्य जिल्लाका सबै शाखा कार्यालयबाट बितरण गरिएको संस्थाका जिल्ला शाखा अनुगमन प्रमुख बसन्तराज चालीसेले जानकारी दिनुभयो ।


“जाल्पाको लघुवित्तीय आधार, सशक्तिकरण र स्वरोजगारीको पुर्वाधार ” नारा सहित अगाडि बढिरहेको संस्थाले सामुहिक जमानीमा बिना धितो पाँच लाखसम्मको कर्जा प्रवाह गर्ने हेलु शाखाका प्रबन्धक दिवाकर पौडेलले जानकारी दिनुभयो ।

संस्थाले महिला तथा व्यावसायिक युवा समूह मार्फत बचत संकलन, धितो तथा बिना धितो सामुहिक र व्यक्तिगत ऋण लगानी सुबिधा, सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत सदस्य सुत्केरी, परिवार नियोजन, शल्यक्रिया सुबिधा, सदस्य पुनर्स्थापना सुबिधा, सदस्यका छोराछोरीलाई शिक्षामा प्रोत्साहन सुबिधा र सदस्य र सदस्यका श्रीमान श्रीमती मृत्युमा राहत सुबिधा साथै बीउ बिजन र फलफुलका बिरूवा बितरण, सदस्य क्षमता अभिबृद्धि तथा व्यावसायिक तालिम, सदस्य सम्मान तथा प्रोत्साहन, बित्तीय साक्षरता कार्यक्रम र अन्य बिभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्ने पौडेलले जानकारी दिनुभयो ।

@khabarkalam
Share Post on Social media