निषेधाज्ञाले संक्रमण रोकिएन। आजै थपिए ८५५ नयाँ संक्रमित

भदौ ९/खबर कलम: सरकारले अघोषित रुपमा गरेको बन्दाबन्दी र ३५ ‌बढी जिल्लामा लागू गरिएको निषेधाज्ञामा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण हुने क्रम रोकिएको छैन।

पछिल्लो २४ घण्टामा मात्रै ८५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। ११३२७ जनाको स्वाब संकलन गरी गरिएको पिसिआर परीक्षणमा ८५५ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३,५३३ पुगेको छ।

Share Post on Social media