स्याङ्जामा निषेधाज्ञा कायमै रहने
भदौ १०/राम बहादुर रोकाहा: आज बसेको स्याङ्जा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक अनुसार मिति २०७७/०५/१० गतेदेखि २०७७/०५/१८ गतेसम्मका लागि भएका निर्णयहरु ( संचालनमा नआउने र दैनिक जीवनयापन सहजीकरणका लागि संचालनमा आउने) यस प्रकारका रहेका छन्।
• दैनिक जीवनयापन सहजीकरणका लागि निम्न सेवा तथा कार्यहरु संचालन गर्ने
क) भीडभाड तथा जमघट हुन नदिई अत्यावश्यक सेवा संचालन गर्ने व्यवस्था मिलाउने
ख) भौतिक दुरी कायम गरी खाद्यान्न,तरकारी ,फलफूल ,डेरी र माछामासु पसल बिहान ६ : ०० – ९ : ०० बजेसम्म र बेलुका ४ : ०० – ७ : ०० बजेसम्म संचालन गर्ने
ग) खाद्यान्न , कृषि र पशुपक्षी तथा निर्माण सामाग्रीहरु ढुवानीका सवारी साधनहरुलाई बिहान ६ : ०० बजेदेखि बेलुका ९ : ०० बजेसम्म मात्र संचालन गर्ने
घ) बैंक तथा वित्तीय संस्थाहरु तथा सहकारीहरु भौतिक दुरि कायम गराई स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरि संचालन गर्ने
ङ) कर्मचारीको हकमा आफ्नो परिचयपत्रका साथ बिहान ९:०० – १०:०० बजेसम्म र बेलुका ५:००-६:०० बजेसम्म आवातजावतमा सहजीकरण गर्ने।
निषेधाज्ञा कायमै रहने तथा हाल संचालनमा नआउने क्षेत्रहरु
क) शैक्षिक संस्थाहरु (विद्यालय,कलेज,ट्युसन सेन्टर) , पुस्तकालय
ख) सबै प्रकारका सभा,गोष्ठी ,तालिम र सेमिनार
ग) सबै प्रकारका प्रदर्शन , भेला तथा सम्मेलन
घ) सिनेमा हल , पार्टी प्यालेस , डान्सबार लगायतका मनोरञ्जन स्थल
ङ) शैलुन , ब्युटिपार्लर व्यवसाय
च) समुहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति
छ) धार्मिक स्थलहरुमा दैनिक नित्यबाहेका गतिविधि
ज) फुटपाथ ,खुला ठाउँ ,ठेलागाडा र साइकलमा गरिने खुद्रा व्यापार व्यवसाय एवम् कवाडी सामान संकलन
झ) एम्बुलेन्स तथा शव वाहन बाहेकका सवारी साधनहरु राती ९ : ०० बजेदेखि बिहान ५ : ०० बजेसम्म सन्चालन नगर्ने।
आफ्नो प्रतिक्रिया दिनुहोस्