पोखरा महानगरका दुई पर्यटन प्रहरी सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

भदौ १२/राम बहादुर रोकाहा: गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको बिहान १० बजे अध्यावधिक गरिएको विज्ञप्ति अनुसार आज थपिने कोरोना संक्रमितमध्ये नवलपरासी (ब.सु.पू.) जिल्ला, देबचुली-१५ का संक्रमित व्यक्ति खानेपानी सप्लाई गर्ने संस्थामा कार्यरत हुन् भने लमजुङ जिल्ला, मर्स्याङ्दी-४ का संक्रमित भारतबाट आएका व्यक्ति हुन् । यस्तै, कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २ जना संक्रमित व्यक्ति पर्यटक प्रहरी भएको जानकारी प्रवक्ता डा. बिनोदबिन्दु शर्माले दिएका छन्। बाँकी अन्य सबै व्यक्तिहरु Contact tracing बाट पहिचान भएको र सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |

यसैसङ्गै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०२२ पुगेको छ भने निको हुनेको संख्या १६७२ , मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Share Post on Social media