गण्डकी प्रदेशमा कोरोना संक्रमीत थप एकको मृत्यु
राम बहादुर रोकाहा / खबर कलम: कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी ५२ वर्षीय कोरोना संक्रमीत पुरुषको निधन भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा श्वासप्रश्वासमा समस्या भई उपचारका लागि आएका निज पुरुषमा कोरोना पोजेटिभ साथै Hypertension , Diabetes Mellitus पनि देखिएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पोजेटिभ भई उपचारका क्रममा मृत्यु हुने निज छैटौं संक्रमित रहेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १० पुगेको प्रतिष्ठानका निर्देशक सह. प्रा. डा अर्जुन आचार्यले जानकारी दिए ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्