स्याङ्जामा आज थपिए ५ जना कोरोना संक्रमित

खबरकलम संवाददाता/भदौ २७:

स्याङ्जा जिल्लामा आज ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ८ का ३० वर्षीय ,वडा १ का ४० वर्षीय पुरुष , वडा ६ का ३० वर्षीय पुरुष र चापाकोट नगरपालिका वडा ९ का ६५ वर्षीय एक पुरुष र ६५ वर्षीय एक महिला गरि दुई जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको हो।

(स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले वालिङमा उल्लेख गरेको भएपनि ६५ वर्षीय एक पुरुष र ६५ वर्षीय एक महिला चापाकोट नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ।)

Share Post on Social media