बाघको हड्डी जस्तै देखिने वस्तुसहित एक पक्राउ

खबरकलम संवाददाता/भदौ २८: स्याङ्जामा बाघको हड्डी जस्तै देखिने वस्तुसहित एक जना पक्राउ परेका छन्।

पुतलीबजार नगरपालिका वडा नं. १३ आहाले स्थित केहरसिंह नेपाली बाघको जस्तो देखिने हडीहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनलाई बाघको जस्तै देखिने टाउको, बङगरा सहितको च्यापु समेतको भागको सानो ठुलो गरी जम्मा ८१ (एकासी) वटा हड्डी सहित पक्राउ गरेको हो।

उनलाई आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय स्याङ्जामा बुझाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Share Post on Social media