छैठौं संविधान दिवस मनाइँदै

असोज ३/काठमाडौँ:

आज छैठौं संविधान दिवस मनाइँदै छ।‌ २०६४ सालमा भएको संविधान सभा निर्वाचनबाट गठित सभाले संविधान बनाउन नसकी विगठन भएपछि फेरि दोश्रो संविधान सभाको निर्वाचन गरी २०७२ साल असोज ३ गते संघियता सहितको संविधान जारी गरिएको थियो।

यही संविधान जारी भएको दिनलाई राष्ट्रिय उत्सवको रूपमा मनाइने गरिन्छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख लगायतका विशिष्ट व्यक्तिले आज टुँडिखेलमा सम्बोधन गर्ने र शुभकामना दिने कार्यक्रम रहेको छ।

सरकारले सम्पूर्ण नागरिकलाई आफ्नो घरमै बसी दीप प्रज्वलन गरी संविधान दिवस मनाउन अपिल गरेको छ।

Share Post on Social media