पछिल्लो २४ घण्टामा १२०४ जना संक्रमित थपिए

असोज ३/काठमाडौँ: नेपालमा आज शनिबार थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १०३३३ जनाको स्वाब परीक्षण गर्दा १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज थपिनेको संख्या भन्दा डिस्चार्ज हुनेको संख्या बढी रहेको छ।१४४७ जना गत २४ घण्टामा डिस्चार्ज भएका छन्। हालसम्म ४५२६७ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६२७९७ पुगेको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ११ पुगेको छ।

Share Post on Social media