‘हिउँ चितुवा’ आङरिता शेर्पाको निधन

असोज ५/खबरकलम संवाददाता:१० पटकसम्म विना अक्सीजन सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेका विख्यात पर्वतारोही आङरिता शेर्पाको सोमबार आज निधन भएको छ।

हिउँ चितुवा समेतको उपनाम पाएका उनी केही समयदेखि ब्रेन र कलेजोसम्बन्धी समस्याबाट गुज्रिरहेका थिए। उनको अन्तिम दाहसंस्कार कार्यक्रम शेर्पा परम्परा अनुसार हुने जनाइएको छ।

Share Post on Social media