शिक्षा मन्त्रालयको निर्देशन,एक हप्ताभित्र विद्यार्थी भर्ना सक्नू

खबरकलम संवाददाता/असोज ७: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय शिक्षासम्बन्धी आकम्मिक कार्ययोजनामा विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरण हुन चाहने विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने उल्लेख छ ।

असोजको पहिलो साताभित्र शिक्षकहरु विद्यालय पुग्नुपर्ने, घरदैलो कार्यक्रम गर्नुपर्ने र दोश्रो हप्ताभित्र विद्यार्थीको हातमा पुस्तक पुर्याउनुपर्ने उल्लेख छ।

असोज दोस्रो सातासम्म शूल्क पुनरावलोकन गर्न पाइने

निजी तथा संस्थागत विद्यालयहरुले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

मन्त्रालयले यसअघि जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा ‘विद्यालयले लिन पाउने शूल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने’ भनिएको छ ।विद्यालयहरूले आगामी एकहप्ताभित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।

Share Post on Social media