कालिका सामुदायिक अस्पतालको आइसोलेसनबाट एक जना फरार

खबरकलम संवाददाता/असोज ८: कालिका सामुदायिक अस्पतालको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। स्याङ्जा जिल्ला अर्जुन चौपारी गाउँपालिका वडा ४ रापाकोट का अन्दाजी ३० वर्षीय युवक फरार भएको वडा नं ४ की वडाध्यक्ष जितकुमारी चपाइँले जानकारी दिइन्।

उनी केही समय अगाडी मात्र गाई काटेको अभियोगमा पक्राउ परी जेल चलान भएका थिए। जेलमै कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको थियो।

यससम्बन्धी थप जानकारी माग्न खोज्दा कालिका सामुदायिक अस्पतालमा सुरक्षाको लागि खटिएका असईले जानकारी दिन खोजेनन्। साथै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्र अधिकारीले पनि फोन उठाएनन्।

आइसोलेसनमा भएका कोरोना संक्रमित नै फरार भएपछि समुदायमा कोरोना संक्रमण फैलने त्रास र कमजोर प्रहरी सुरक्षा उदांगो भएको छ।

Share Post on Social media