स्याङ्जा वालिङका एक कोरोना संक्रमित पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु

असोज १३/ खबरकलम संवाददाता: स्याङ्जा वालिङका एक कोरोना संक्रमित पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ।

स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं ४ एलादीका ४३ वर्षीय पुरुष असोज ५ गते भारतबाट आएका र उनको स्वाब संकलन गर्दा ७ गते कोरोना संक्रमण देखा परेको थियो र उनलाई एलादी स्थित सुन्तलाबारी होमस्टे सामुदायिक भवनमा उपचार गरिरहेको अवस्थामा मृत्यु भएको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमलप्रसाद पाण्डेले बताउनु भएको हो ।

उहाँको दोस्रोपटक स्वाब संकलन भने सोमबार गरिएको र रिपोर्ट नेगेटिभ आएको वालिङ् नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले बताउनु भएको छ । नगर प्रमुख खाँणका अनुसार निधन भएका पुरुषको दुवै मृगौला फेल र क्यान्सरको रोगी हुनुहुन्थ्यो ।

त्यस्तै स्याङ्जाका जिल्ला प्रमुख अधिकारी गङ्गा बहादुर क्षेत्रीले बताए अनुसार नतिजामा कोरोना नेगेटिभ आएतापनि परिवारको चाहना अनुसार नगरपालिकाले व्यवस्थापन गरेको तरिकाले नै उक्त पुरुषको अन्त्येष्टि गरिने छ ।

Share Post on Social media