गण्डकी प्रदेशमा थपिए १९ कोरोना संक्रमित

खबरकलम संवाददाता/असोज १९: गण्डकी प्रदेशमा आज थप १९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य निर्देशनालय पोखराले आज अद्यावधिक गरेको विवरण अनुसार कास्की जिल्लामा १६ जना र स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ।

Share Post on Social media