स्याङ्जामा गाई काट्ने पक्राउ

असोज १५/खबरकलम संवाददाता: स्याङ्जा जिल्लाको वालिङ नगरपालिका – १३ का ३२ वर्षीय राम बहादुर सार्की , गल्याङ नगरपालिका – ९ का ३८ वर्षीय नारायण भुसाल र गल्याङ न.पा. – ८ का २४ वर्षीय डोलुराम नेपालीलाई जिउँदो गाई मासु खानको लागि काटेकोले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।

मिति २०७७ असोज ११ गते अन्दाजी रातीको १० : ०० बजे गल्याङ न.पा -९ जौबारीस्थित नारायण भुसालको बाँझो जग्गामा उल्लेखित ३ जनाले मासु खानको लागि जिउँदै गाई काटेर मासुको भाग लगाई टाउको खुट्टा सोही जग्गामा खाल्डो बनाएर पुरेको भन्ने आज गोप्य सुचना प्राप्त हुन साथ प्रहरी अधिकृत सहित खटिएको प्रहरी टोलीले उक्त खाडलमा गाडिएका गाईको टाउको , चारवटा खुट्टा , र आन्द्राभुँडी समेत कुहिएर दुर्गन्धित अवस्थामा फेला परेको र नारायण भुसालको घरमा सुकाई राखेको गाईको मासु फेला परेको हुनाले , यो घटनामा संलग्न रहेका ३ जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Share Post on Social media