गृहमन्त्रीको स्पष्टीकरणको केही दिनमै अर्की युवती बलात्कृत

असोज १८/खबरकलम संवाददाता: गृहमन्त्रीले सवा दुई सय अरु देश हेरेर नेपालमा हामी त्यति चिन्तित हुनु पर्दैन भनेको केही दिनमै अर्की युवती बलात्कृत भएकी छिन्।

भक्तपुरमा एकजना १६ वर्षीया किशोरीलाई ड्राइभरसहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन्। १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक बस्‍ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१० घर भएका २२ वर्षीय निरकुमार खड्कासहित दुईजना रहेका छन्। 

दुवैजनालाई भक्तपुर प्रहरीले शनिबार राति पक्राउ गरेको हो।  भक्तपुर नगरपालिका-८ कालाँचास्थित रोकी राखेको बा.३ ख २६१२ नम्बरको बसमा खड्कासहित ३ जनाले ती किशोरीलाई बलात्कार गरेको खुलेको छ।

Share Post on Social media