विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने पक्राउ

असोज २०/स्याङ्जा:

स्याङ्जामा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उनीहरुलाई पक्राउ गरेको हो।

पाल्पा जिल्ला रामपुर न.पा. वडा नं. ३ बस्ने वर्ष ३० को बलराम राना , वडा नं ५ का वर्ष ३४ को प्रविन थापा ,वर्ष ३५ को बद्री थापा , २६ वर्षीय विमल थापा तथा स्याङ्जा जिल्ला बिरुवा गा.पा. १ बस्ने बर्ष २७ को झक ब. थापा ,सोही स्थानका २४ वर्षीय को शिखर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

असोज १९ गते दिउँसो २:१५ बजेको समयमा स्याङ्जा जिल्ला चापाकोट न.पा. -५ ज्याग्दीखोलामा बिष्फोटक पदार्थ पड्काई माछा मारीरहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। उनीहरुलाई पक्राउ गरी “बिष्फोटक पदार्थ सम्बन्धी कसुर” मुद्धामा मुद्धा दर्ता गरी आज मिति २०७७।०६।२० गते सम्मानित स्याङ्जा जिल्ला अदालतबाट दिन २५ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ।

Share Post on Social media