अबैध हतियारसहित पक्राउ

असोज २१/खबरकलम संवाददाता: स्याङ्जामा अवैध हतियारसहित २ जना पक्राउ परेका छन्।

स्याङ्जा पुतलीबजार नगरपालिका वडा -६ काउले सिमलबोट निवासी ६६ वर्षीय थमन गुरुङ र सोही वडा काउले किराखोर निवासी २० वर्षीय सुजन गुरुङलाई अवैध एक नाले भरुवा बन्दुक एक-एक थान सहित प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ परेका सुजन गुरुङसङ्गबाट इजाजतपत्र नभएको एक थान एकनाले भरुवा बन्दुक र थमन गुरुङबाट इजाजतपत्र नभएको एकनाले भरुवा बन्दुक , एक थान भरुवा बन्दुकको नाल(व्यारलको भाग मात्र), १४५ ग्राम बारुद , ११ वटा टिनका स-साना पाता , ५ थान केप र १५६ वटा स-साना काँचो सिसा बरामद भएको छ ।

Share Post on Social media