भीरकोट जेसिजले गर्यो रक्तदान कार्यक्रम

नारायण कोइराला/असोज २३: भीरकोट जेसिजको आयोजनामा आज बयरघारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

भीरकोट जेसिजले जेसिज सप्ताह मनाउने क्रममा पहिलो दिनको कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। भीरकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र पोखराको बिशेष सहयोगमा संचालित रक्तदान कार्यक्रम एवं जेसिज सप्ताहको समुद्घाट्न गर्दै नगर प्रमुख छायाराम खनालले स्वस्थ मानिसले मात्र रक्तदान गर्न सक्ने हुँदा रक्तदान कार्यक्रमले स्वस्थ जीवनशैली जिउन अभिप्रेरित गर्ने बताउनुभयो। रक्तदानले विश्वबन्धुत्वको भावना समेत जागृत गराउने कुरामा जोड दिदैँ यो कोभिड -१९ को महामारीमा रगतको झन बढी आवश्यकता हुनाले यो मानव सेवाको यो पुण्य काममा अग्रसर भएकोमा भीरकोट जेसिज,सहयोगी संघसंस्था र सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो।युवाहरूले गर्ने हरेक सृजनात्मक र सामाजिक कार्यमा नगरपालिकाले सदैव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

संन्त निरकारी मण्डल ,आधिखोला पिस युथ क्लब ,रोजबड युथ सर्कल , तमु समाज बयरघारी,ब्याडमिन्टन क्लब बयरघारी र स्टेट युवा क्लब लगायतका सामाजिक संघसंस्थाको सहयोग रहेको उक्त कार्यक्रममा प्रशासकीय अधिकृत राजेन्द्र पौडेल र सूचना अधिकारी राम प्रसाद खनालले समेत रक्तदान गर्नुभएको थियो।

आजको रक्तदान कार्यक्रममा ६२जनाले रक्तदान गरेको भीरकोट जेसिजका उपाध्यक्ष सुन्दर कोइरालाले बताउनुभयो ।

Share Post on Social media