सपनाजस्तो लाग्ने उपमेयरको ‘जनवादी’ बिहे

९ असार, काठमाडौं । अन्तरजातीय प्रेमको वियोगान्त परिणामबारे रिपोर्टिङका लागि हामी जाजरकोट-रुकुम (पश्चिम) पुगेका थियौं । जाजरकोटका नवराज बिक र रुकुम (पश्चिम) की मल्ल थरकी किशोरीबीचको प्रेमले त्यहाँ नरसंहारको रुप लिएको थियो।

वियोगान्त प्रेमको रिपोर्टिङ गर्न गएका बेला हामीले रुकुममा एउटा संयोगान्त अन्तरजातीय प्रेमकथा पनि फेला पार्यौं, जुन कथाकी एक पात्र हुन्– प्रेमकुमारी सुनार ।

दशवर्षे सशस्त्र युद्धमा सैन्य पोसाकमाथि बन्दुक भिर्ने प्रेमकुमारी अहिले मुसिकोट नगरपालिका रुकुम (पश्चिम) को उपमेयरको कुर्सीमा छिन् ।

भनिन्छ, रुकुम माओवादी जनयुद्धको उद्गम स्थल हो । जातीय र वर्गीय विभेदविरुद्ध छेडिएको क्रान्तिको आधार इलाका हो । तर जातीय विभेदकै कारण भएको सामूहिक हत्याले क्रान्तिको राँको बाल्ने रुकुममाथि प्रश्न सोझिएको छ, के नवराज बिकलगायतको शवसँगै क्रान्ति पनि भेरी नदीमा बगेको हो ?’

हामी हिजोको क्रान्तिको आधार इलाका जाजरकोट पुग्दा मृतककी आमाहरू आँसु पुछ्दै विभेदको अन्त्य र न्यायका लागि आन्दोलनको मोर्चामा थिए । रुकुमचाहिँ सुनसाथ, चकमन्न थियो ।

त्यही रुकुम (पश्चिम) को सदरमुकाम खलंगा बजारमा भेटिइन् – प्रेमकुमारी ।

हिजोका कुरा

वर्गीय एवं जातीय विभेद, असमानता र अत्याचारको चंगुलबाट देशलाई मुक्त गर्न भन्दै १७ वर्षको उमेरमै रुकुम(पूर्व)बाट प्रेमकुमारी तत्कालीन माओवादीको छापामार बनिन् ।

Share Post on Social media