रास्वपा स्याङ्जाले वालिङ र अर्जुनचौपारीमा पार्टी कार्यालय स्थापनासँगै बढायो चुनावी गर्मी

खबरकलम संवाददाता/स्याङ्जा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रचारप्रसारमा तिव्रता दिएको छ। 

आज स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका र वालिङ नगरपालिकामा एकैसाथ आफ्नो पार्टी कार्यालयको उद्घाटन गर्दै रास्वपाले चुनावी सक्रियता बढाएको हो। 

रास्वपाको तर्फबाट समानुपातिक तर्फ उम्मेदवार रहेकी रिमा विश्वकर्माले आज दुबै पार्टी कार्यालयको अर्जुनचौपारी गाउँपालिका र वालिङ नगरपालिकामा पुगेर उद्घाटन गरेकी हुन्। पार्टी कार्यालय उद्घाटन कार्यक्रममा स्याङ्जा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका धनन्जय रेग्मी तथा झविलाल डुम्रे सहित जिल्लास्तरीय रास्वपा नेता तथा कार्यकर्ताहरु सहभागी थिए। 

अर्जुनचौपारी गाउँपालिकामा रहेको रास्वपा पार्टी कार्यालयको उद्घाटन गर्नुअघि रिमा विश्वकर्माले नेपालकै पहिलो नवग्रह मन्दिर समेत दर्शन गरेकी थिइन्। 

आज सम्पन्न गरिएको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा सयौं कार्यकर्ताहरु विभिन्न राजनीतिक दल त्यागेर रास्वपा प्रवेश समेत गरेका छन्। 

Share Post on Social media