प्रसिद्ध तीर्थस्थल सतौं चण्डी कालिकामा धार्मिक महोत्सव हुने

स्याङ्जा/कार्तिक ०२: स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं १४ रजस्थल सतौंमा अवस्थित सतौँ चण्डी कालिका मन्दिरमा बडादशैंको अवसरमा महानवमी दुर्गा उत्सव आयोजना गरिने भएको छ।

सतौं चण्डी कालिका मन्दिर व्यवस्थापन समितिको आयोजनामा कात्तिक ३ गते महानवमी दुर्गा उत्सव अन्तर्गत साङ्गीतिक प्रवचन तथा भजन सङ्कीर्तन कार्यक्रम हुन लागेको हो।

प्रसिद्ध कथावाचक आचार्य श्री प्रशान्त ढकालले उक्त उत्सवमा कथा वाचन गर्नेछन्। सतौं चण्डी धार्मिक क्षेत्रको सर्वाङ्गीण विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका सचिव केशव ढकालले जानकारी दिए।

सतौं चण्डी कालिका मन्दिर स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित छ। बडादशैं तथा रामनवमीको अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्दछ।

Share Post on Social media