बुटवलमा कोरोना संक्रमितको मृत्यु

असोज २१/खबरकलम संवाददाता: बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल–१६ का ४७ वर्षीय पुरुषको आज बुधबार मृत्यु भएको हो ।

आजै दिउँसो १ बजे अस्पताल भर्ना भएका उनको साँझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

Share Post on Social media