एउटै गोत्रमा बिहे गर्न किन हुँदैन? धार्मिक तथा वैज्ञानिक आधार यस्तो छ

असोज ३०: एउटै गोत्र भएका युवा र युवतीको बिहे धार्मिक रुपले निषेध छ। र वैज्ञानिक पनि यो तथ्यलाई स्वीकार गर्छन्।

वर्तमान जीव विज्ञान तथा सन्तान उत्पादनसँग सम्बन्धित विज्ञानले वताए अनुसार स्त्रीको पेटमा बच्चा हुनका लागि मानव शरीरको विकास दुई वटा सेलबाट सुरु हुन्छ । एक सेलमा २३ जोडी क्रोमोजोम हुन्छन्। तीमध्ये एक सेल आमाबाट र एक सेल बुबाबाट आएका हुन्छन्, अर्थात हाम्रो शरीरमा जम्मा ४६ वटा क्रोमोजोम हुन्छन् ।

ती ४६ वटा क्रोमोजोम अर्थात २३ जोडी क्रोमोजोम मध्ये एक जोडी क्रोमोजोमलाई लैङ्गिक क्रोमोजोम भनिन्छ । त्यही एक जोडी क्रोमोजोमले व्यक्तिको लिङ्ग निर्धारण गर्दछ । यो वैज्ञानिक आधार अनुसार ‘वाई’ क्रोमोजोम केवल पुरुषमा मात्र हुन्छ । सन्तान उत्पादनमा ‘वाई’ क्रोमोजोमबाट छोराको जन्म हुन्छ । अर्थात छोरा जन्मनुमा उसको पिताको मुख्य भूमिका हुन्छ । छोरा जन्मनुमा पिता नै निर्णायक हुन्छ । पिताको ‘वाई’ क्रोमोजोम विना छोराको जन्म असम्भव छ ।

छोरी जन्मनुको निमित्त पिताको ‘वाई’ क्रो’मोजोम र आमाको ‘एक्स’ क्रोमोजोम मिल्नुपर्ने हुन्छ । जबकी छोरा जन्मनको निमित्त पिताको ‘वाई’ क्रोमोजोम र माताको ‘एक्स’ क्रोमोजोम मिल्न आवश्यक हुन्छ । विज्ञानले प्रमाणित गरे अनुसार स्त्रीमा केवल ‘एक्स’ क्रोमोजोम मात्र हुन्छ। ‘वाई’ क्रो’मोजोम हुँदैन। ‘वाई’ क्रोमोजोम पुरुषमा मात्र हुन्छ ।

तसर्थ छोराको जन्म उसको बाबुको ‘वाई’ क्रोमोजोमका कारण हुन्छ र यो वाई क्रोमोजोम क्रमशः पिताबाट छोरा, नाति, पनातिमा हुँदै एवं रीतले हुँदै अघी बढ्छ। जबकी महिलाको एक्स क्रोमोजोम र पुरुषको वाई क्रोमोजोम मिलेर जन्मेकी छोरी अर्कै पुरूषसँग विवाह हुँदा उसको एक्स क्रोमोजोम अन्य वंशसँग मिक्स हुँदै जान्छ र पितातिरको वाई क्रोमोजोमको अस्तित्व समाप्त हुँदै जान्छ । जबकी पुरूषको वाई क्रोमोजोम कसैसँग मिक्स नभई अनवरत रुपमा अघी बढ्छ ।

पुरुषको जन्मको कारण वाई क्रोमोजोम नै हो, जुन उसको पिताबाट मात्र प्राप्त हुन्छ । अर्थात पुरूषको वंश वा जिन वाई क्रोमोजोम आफ्नो पुर्खाको मात्र हुने हुँदा नवजात पुरुषको गोत्र उसको पिताको गोत्र कायम रहन्छ भने महिलाको गोत्र विवाह पछी उसको श्रीमानको गोत्रमा परिणत हुन्छ।किनभने त्यस महिलाबाट जन्मिने पुत्रको वाई क्रोमोजोम उसको अथवा मुख्य जीन वा वंश उसको पतिको हुनेहँदा त्यो महिलाको गोत्र पनि उसको श्रीमानको गोत्रमा विलय भएर जान्छ ।

अर्थात स्त्रीले आफ्नो जन्मको वंशको जीन बोक्दैनन्, जबकि, पुरुषले आफ्नो हजारौं वर्ष पुरानो पुर्खाको वाई क्रोमोजोम बोक्दै आइरहेको हुन्छ । त्यस कारण पुरुषलाई वंशको प्रतिनिधि मानिन्छ । त्यसैले गोत्र प्रणालीको विकासको मुल कारण वाई क्रोमोजोमको पहिचान गर्दै युगौं-युगसम्म आफ्ना भाइवन्धुहरूको पहिचान कायम राख्नु थियो। तसर्थ गोत्र प्रणाली नितान्त जीव विज्ञान र सन्तान उत्पादन विज्ञानमा आधारित छ ।

सगोत्री विवाह निशेध गर्नुका पछाडी पनि माथी उल्लेखित कारण मुख्य हो । यदी एउटै गोत्रका पुरुष र महिलावीच विवाह भएमा त्यही वंशको वाई क्रोमोजोमबाट सन्तान जन्मदा त्यो बालक त्यो स्त्रीको पिताको वंश समान हुन जान्छ, किनकी त्यस बालकको वाई क्रोमोजोम र त्यस स्त्रीको पिताको वाई क्रोमोजोम एउटै हुन्छ । यस हिसाबले सगोत्रीसँग विवाह भनेको एउटै सन्तानका भाइ र बहिनीवीचको विवाह सम्बन्ध जस्तो हुन जान्छ ।

यस्तो हुन गए गम्भीर जैविक असर उत्पन्न हुन्छ भनि जीव वैज्ञानीकहरूले भनेका छन् । उनीहरुका अनुसार एउटै गोत्रमा विवाह हुँदा केटी र केटाको जीन एउटै हुँदा त्यसबाट जन्मिने सन्तानमा केही जैविक कमी वा शारीरिक तथा मानसिक विचलन जस्तो समस्या उत्पन्न हुन सक्ने प्रसस्त सम्भावना रहने हुँदा पनि सगोत्री विवाह अस्विकृत गरिएको हो।

सगोत्री विवाह हुँदा वंशको कुल बिग्रन्छ भन्ने प्रचलन पनि वैज्ञानिक वास्तविकतामा आधारित छ। उक्त भयावह असरबाट बच्न सगोत्र विवाहको निषेध शास्त्रीय रूपमा नै गरिएको हो । गरुडमहापुराण अनुसार सगोत्रमा विवाह हुँदा जन्मने सन्तान गलत मानिन्छ। जीववैज्ञानिकका मतअनुसार वाई क्रोमोजोम लाखौं वर्षसम्म पनि परिवर्तन नहुने र एउटै रुपमा रहिरहने हुँदा त्यसको सही उर्वरा शक्ति हाँसिल गर्न फरक वंशको एक्स क्रो’मोजोम आवस्यक हुन्छ ।

विभिन्न स्रोतबाट साभार र सम्पादित।

Share Post on Social media