एक स्याङ्जाली बालकले गरे सिङ्गो कुरान हुबहु याद

कार्तिक २/स्याङ्जा: स्याङ्जाका एक १६ वर्षीय बालकले इस्लाम धर्मावलम्वीहरुको पवित्र धार्मिक ग्रन्थ कुरान हुबहु याद गरेका छन्।

स्याङ्जाको भीरकोट नगरपालिका-१ स्थित करूङ बयरघारी मुस्लिम समुदायद्वारा संचालित अहले सुन्नत गौशिया मदरसामा अध्ययनरत १६ वर्षीय बालक अरवाज अलिले सम्पूर्ण कुरानलाई जस्ताको तस्तै याद गरेका हुन्। कुरान हुबहु याद गर्न उनले ६ महिनासम्म अध्ययन गरेका थिए।

इस्लाम धर्ममा कुरान कण्ठ गर्नु निकै महत्वपूर्ण मानिन्छ । योसँगै उनले मदरसाको पहिलो हाफ़िज़े कुरान बन्ने अवसर प्राप्त गरेका छन्। कुरानमा ११४ अध्यायहरु रहेका छन्।‌

Share Post on Social media