घरेलु रक्सी धमाधम नष्ट गर्दै प्रहरी, कतै बिरोध कतै समर्थन

कार्तिक ३/खबरकलम संवाददाता: स्याङ्जा प्रहरीले घउमा उत्पादन गरिएका घउेलु रक्सी नष्ट गर्ने काम धमाधम गरिरहेको छ। घरेलु कच्चापदार्थ तथा अखाद्य सामग्रीको प्रयोग गरी स्वास्थ्यमा प्रतिकूल असर पार्ने किसिमले तयार गरिएको रक्सी नष्ट पारिएको प्रहरीले जनाएको छ।

तर, प्रहरीले जारी राखेको यो कार्यको भने धेरै सर्वसाधारणले बिरोध पनि गरेका छन्। विदेशबाट आयात गरिएका तथा स्वदेशमै उत्पादन गरिएका रक्सीको हकमा प्रहरी मौन रहने तर घरेलु रक्सी पोख्दै हिड्ने प्रहरीको कामलाई स्वीकार गर्न नसकिने सर्वसाधारण बताउँछन्।

विदेशबाट आयात गरिएका तथा स्वदेशमै उत्पादन गरिएका रक्सीले कम्तीमा पनि न्युनतम मापदण्ड पूरा गर्ने तथा सोबाट राज्यलाई भारी मात्रामा राजस्व सङ्कलन हुने भएकाले प्रहरी मौन रहेको हो।

समाजमा बढ्दो घरेलु हिंसा, झै-झगडा न्यूनिकरणको लागि साथै हिन्दुहरूको महान चाडपर्वको समयमा शान्ति सुरक्षालाई मजबुद बनाउनको लागि “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अवैध घरेलु मदिरा नियन्त्रण कार्यक्रमलाई तिव्रता दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत निम्न प्रहरी कार्यालयहरूबाट मिति २०७७।०७।०२ गते खटिएको प्रहरी अधिकृत सहितको टोलीले निम्न स्थानहरूमा रहेका अवैध घरेलु मदीरा (रक्सी) बनाउने भट्टीहरू / घरहरूबाट निम्न परीमाणमा अवैध घरेलु मदिरा (रक्सी), कच्चा पदार्थ नियन्त्रणमा लिई स्थानिय जनप्रतिनिधि, भद्रभलाद्मीहरूको रोहवरमा अवैध घरेलु मदिरा / मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको प्रहरी प्रबक्ता DSP राजेन्द्रप्रसाद अधिकारीले बताएका छ्न् ।

प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार नष्ट गरिएको घउेलु रक्सी विवरण यस प्रकार रहेको छ।

जि. स्याङ्जा वालिङ न.पा. ८,९,१०र १३
वालिङ न.पा. १० स्थित विशाल रेष्टुरेन्ट, ऐ.ऐ. ९ तमु रेन्टुरेन्ट, ऐ. सरौखोला कुवर रेष्टुरेन्ट , पेन्सनक्याम्प खाजा घर , हस्पिटलचोक खाजा घर, झोलुङ्गेपुल होटलबाट

४१५

प्र.चौ.गल्याङ
जि. स्याङ्जा गल्याङ न.पा. १ मालुङ्गा
पुनम थापाको होटल,दिपु श्रेष्ठको कुराना पसल,युगमाया पल्लीको घर
३०
४०

प्र.चौ.दहथुम
जि. स्याङ्जा भिरकोट न.पा. १ र ६ वजार
शोभा मल्ल,कल्पना खाँण,लक्ष्मी श्रेष्ठ लोक व.राना,राजु के.सी. को घर
४०
११०

प्र.चौ.अर्जुनचौपारी
जि. स्याङ्जा अर्जुनचौपारी गा.पा. १ र २ वजार
अनिता गुरुङ ,सिता गुरुङ मिलन गुरुङ ,लक्ष्मी अधिकारी,कल्पना वस्नेतको घर
१०००
१००

Share Post on Social media